काठमाडौं,३१ असार
सहकारीमा बचत गरेको रकमको ग्याण्टी नभएको र दुःख गरेर बचत पनि सहकारीले ठगि गरेको भन्दै पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी बाट ठगिएका बचत कर्तारहरूले काठमाडौं आएर प्रदर्शन गरेका हुन् ।
पीडितहरूले सहकारीमा बचत गरेको पैसाको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।