चितवन, असार १६
नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान् पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे बाट सडक सञ्चालनमा ल्याइएको थियो। सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।