काठमाडौं, चैत २
बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका १ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।
करिब ५६७ मिटर लम्बाई रहेको ‘गण्डकी गोल्डेन ब्रिज’ घुम्ने पर्यटकको संख्यापनि पछिल्लो समय बढ्दो छ । प्राय दिनभरी नै पुल भरिरहन्छ । चहलपहल बिहानैदेखि सुरु हुन्छ । टिकटक बनाउने, फोटो खिच्नेहरु पुलभरी भेटिन्छन् ।’ अहिले कुश्मा बजारका होटलहरु प्राय सबै भरिभराउ नै भेटिन्छन् र ब्यपार ब्यवसाय पनि राम्रो रहेको भनाई छ ।
साहसिक खेल ‘बन्जी जम्प’ गर्न दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्मा पुग्ने गर्दछन् । विश्वकै दोस्रो अग्लो ‘बन्जी जम्प’ गर्नका लागि अहिले यसतर्फ धेरैको आकर्षण बढेको छ । कोरोना कहरले थलिएको कुश्मा बजारको व्यापार पछिल्लो समय यसले गर्दा पनि कुश्माको व्यापारमा वृद्धि गरेको स्थानीयहरु बताउँछन् ।