भोलिदेखि निर्वाचन आचारसंहिता खारेज

२५मंसिर, काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते देखि लागू नरहने निर्णय गरेको छ । आयोगका अनुसार गत असोज १२ गतेदेखि लागू भएको  प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *