नव नियुक्त उद्योगमन्त्री साहको शपथ आजै हुँदै

भदौ २५ काठमाडौं ।

आजै नव नियुक्त उद्योगमन्त्री साहको शपथ हुने भएको छ ।

सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका हुन्।

साहको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था अनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आज मात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन् ।

आजै मात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी पछि दीपककुमार साह सिफारिस भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपन आजै साढे पाँच बजे हुँने जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *