कोरला नाका बाट भित्रिन थाल्यो फलफूल

भदौ २३ काठमाडौं ।

कोरला नाका बाट फलफूल भित्रिन थालेको छ ।

कोरला नाका बाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिएको जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी पछि रसुवा–केरुङ नाका बन्द हुँदा त्यहाँ बाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो ।

केरुङ नाका बाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगे पछि नेपाली कन्टेनरले नेपाल भित्र्यउन थालिएको छ ।

कोरला नाका बाट पहिलो पटक फलफूल नेपाल भित्रिन थालेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिएका छन् ।

आइतबार र सोमबार गरी दुई दिनमा कोरला नाका बाट नेपाल भित्रिएका १० कन्टेनरको पैठारी भन्सार जाँचपास भई नेपालतर्फ आइरहेका बताएका छन् ।

कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको प्लान क्वारेन्टाइन कार्यालयका प्रतिनिधि बन्दना घर्तीमगरका अनुसार चीनबाट कोरला नाका हुँदै २ दिनमा ड्रागन फुड ९ हजार ४५० केजी, आँप १५ हजार ४०० किलोग्राम, स्याउ ८७ हजार किलोग्राम, नासपाती २६ हजार १०० किलोग्राम र एभोकाडो (घीउ फल) ८ हजार किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेकजाँच गरिएको बताएका छन् ।

साठीको दशकमा स्थापना भएको नेपाल–चीन उत्तरी कोरलास्थित प्लान क्वारेन्टाइन पहिलो पटक सञ्चालनमा आएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *