१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

काठमाडौँ,१९ मंसिर
नोभेम्बर २५ तारिक देखि विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने क्रम जरि छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा हिंसामा परेका पिडितहरुले न्यायको लागि विभिन्न तरिकाले आवाज उठाउँदै आइरहेका छन् । विश्वभर लैङ्गिक हिंसा विरुद्धको दिवस मनाइरहँदा पनि महिला तथा घरेलु हिंसामा पर्ने पिडितहरुको संख्यामा कमि आउनुको साटो बढदै गएको राष्ट्रीय महिला आयोग र नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

 

प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९ र ८० मसान्त सम्म सात वटा प्रदेश र उपत्यकामा गरी जम्मा ४ हजार २ सय ५७ घरेलु हिंसा भएका छन् भने १ हजार ९८ वटा महिला हिंसा भएका छन्। त्यस्तै गत आर्थिक वर्ष २०७८ र ७९ मा ३ हजार ५८ घरेलु हिंसा र ३ हजार ५ सय ७४ महिला हिंसा भएको तथ्यांकमा उल्लेख छ ।त्यसैगरी राष्ट्रीय महिला आयोगको तथ्यांक अनुसार गत २०७८ र ७९ आर्थिक वर्ष भित्र घरेलु हिंसा १ हजार ३ सय १८ र महिला हिंसा १ सय ४७ रहेका छन्। चालू आर्थिक वर्षको श्रावण १ गते देखि कार्तिक मसान्त ४ महिनामा ३ सय १६ घरेलु हिंसा र महिला हिंसा ३१ गरी ३ सय ४७ वटा घटना भएको देखाएको छ ।

 

यस क्रममा हिंसा पिडित महिलाहरुले आफुलाई न्याय मागिरहेका छन् । ति हुन सोलुखुम्बु घर भएकी २९ वर्षीया बिनु यादव रामेछापका २५ वर्षीय प्रदीप कठायतबीच चिनजान र भेटघाट पछि सम्बन्ध प्रेममा बदलिएको र प्रदीपले विवाह गर्ने विश्वास दिलाए पछि उनीहरूबीच ०७५ मंसिरदेखि शारीरिक सम्पर्क भई केही महिनामै बिनु गर्भवती भइन प्रदीपले गर्भपतन गराउन दबाब दिए । उनी मानिन भनेको नमान्दा आफ्नै श्रीमान र घर परिवारबाट पिडित भएको भन्दै महिलाहरु न्यायको लागि प्रहरी प्रशासन र न्यायलयको ढोकामा पुग्दा न्यायलयबाट न्याय पाउनुको साटो उल्टो पिडित बनाउने काम भइरहेको पिडितहरुको गुनासो रहेको छ । यस्ता केहि प्रतिनिधि मुलक घटना मात्रै हुन् कमै महिलाले आवज उठाउने साहास राख्छन र न्यायको लागि बोल्ने र लड्ने गर्छन् ।

 

यस्तै एक पछि अर्के डर लाग्दो घटना घटिरहेको छ केहि दिन पहिले धरानमा आमा समुहको कुटाई बाट उसा राईको ज्यान गएको छ भने अर्कि बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको शव हत्या गरिएको अवस्थामा जंगलमा फेला पर्योको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।

 

 

जबसम्म सरकार यसप्रती जिम्मेवार हुँदैन र अपराधिलाई कडा कानुनि दायरमा ल्याउन सक्दैन तबसम्म यस्ता घटना दिन प्रति दिन बढिरहने अवस्था छ । वर्सेनि लैङ्गिक हिंसाको अभियान मात्र चलाएर केही अर्थ नहुने महिलाहरुको हक अधिकारको लागि लड्ने राष्ट्रीय महिला आयोगका आयुक्त कृष्ण कुमारी खतिवडा बताउँछिन् । महिला हिंसा तथा घरेलु हिंसा हुनुमा शिक्षाको कमिको कारण हुने हुँदा त्यसको अन्त्यको लागि हरेक क्षेत्रमा शिक्षाको पहुँच हुन जरुरी रहेको नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की बताउँछन् । जबसम्म सरकार आफै लैङ्गिक हिंसा अन्त्य तर्फ जागरुक हुँदैन, जिम्मेवार बन्दैन तबसम्म अभियान मात्र चलाएर लैङ्गिक हिंसाको न्युनिकरण असम्भव छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *