काठमाडौं, मंसिर १२
दोलखा जिल्लामा विवादित रहेको मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । गठबन्धनमा रहेका पार्टिहरुले वुथ कब्जा गरेको र मतदाताले स्वस्फूर्त मतदान नगरेको भन्दै मतगणना रोकिएको थियो ।
यस अघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्नु पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको भन्दै एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटिले उजुरि गरे पछि । उजुरी अधारमा आयोगको टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिए पछि ।उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए । जिल्लामा निर्वाचन व्यवस्थापन समितिको आज बसेको बैठकले पुनः १५ गते निर्वाचन गराउने निर्णय गरेको छ ।