रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित

१० मंसिर, रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले पराजित भएका छन् ।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् ।

पाँचदलीय गठबन्धनको सर्मथन रहेको गृहमन्त्री खाण नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *