मलेसियन जहाज खसाएर हत्या गरेको आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला

नेदरल्याण्ड, मंसिर २

मलेसियन एयरलाइन्सको कलसाइन एम–एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या गरेको अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ ।

नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ । सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहार गरी पूर्वी युक्रेनमा खसाएका थिए ।

रूस समर्थित पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहारले जहाज खस्दा २ सय ९८ जनाको मृत्यु भएको थियो । घटनामा रूसका पूर्व कर्नेल इग्गोर गर्किन, खुफिया एजेन्सीमा काम गर्ने सर्गेई दुब्निस्कीलाई अदालतले दोषी ठहर गरेको हा ।

यो मुद्दामा विगत दुई वर्षदेखि सुनुवाई जारी थियो । घटनाको जिम्मेवारी सुम्पिने हिसाबले सुनुवाई भइरहेको भनिएको यस मुद्दामा अदालतले दोषीलाई सजायसमेत तोकेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *