निर्वाचन कसुरमा माधव नेपाललाई कारबाही गर्न आयोगको पत्राचार

काठमाडौं, कात्तिक ३
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ ।

रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । आयोगलाई प्राप्त श्रव्य–दृश्य सामाग्रीका आधारमा उक्त अभिव्यक्ति निजकै रहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

 

अध्यक्ष नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई पत्र समेत लेखको छ । ‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । आयोगको पत्राचारमा भनिएको छ २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *