कठमाडौ, कातिक १
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका हुन ।
पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् ।
८ सय मिटरको राष्ट्रिय कीर्तिमान सोमकै नाममा छ । उनले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा ८ सय मिटरमा १ मिनेट ५०ः२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।