हनुमानढोका स्थित दशैं घरमा राखियो जमरा

काठमाडौ, १० असोज

काठमाडौंमा रहेको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो ।

 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।
तस्बिर. अनलाईन खबर

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *