महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम विदाई

काठमाडौं, असोज ४
बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पु¥याइएको महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप ’कमिटल सर्भिस’ आयोजना गरिएको थियो। त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरियो।

सोमबारै ब्रिटेनको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो । त्यसअघि विन्ड्सरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड देखिएको थियो ।राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *