काठमाडौं, असोज ३
महानगरपालिकाले टुकुचा खोला खोतल्ने अभियानलाई जारी राखेको छ ।टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो।
यसैबीच पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।