तेस्रो दिन जबराको बयान सुरू

काठमाडौ, भाद्र १९

तेस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरू भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा उनको बयान थालेको हो ।

बयानका क्रममा जबराले महाभियोगको प्रतिवाद गर्ने आफैंमाथि थप अनुसन्धान गर्नुपर्ने विषय खोलेका थिए । सर्वोच्च न्यायालयको नेतृत्व गर्ने क्षमतादेखि व्यक्तिगत लाभहानिका आधारमा फैसला दिने गरेका विषयमा सांसदहरूले सोधेका प्रश्नलाई जबराका जवाफले झन् गम्भीर बनाएको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटको सुनुवाइ गर्न आफूले चाहेजस्तो इजलास गठन गर्न नपाएको प्रसंग मात्र निकालेनन्, यसबाट ‘शालीन र दूरदर्शी’ ओलीमाथि अन्याय भएको पनि बताएका थिए ।

 

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेका थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो । भदौ १ महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेका हुन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *