कविताः “डर”

 

भनिन्छ जीवन सङ्गै अन्त्य हुन्छ रे

जन्मिएको केही दिनमै हक जमाएर बस्छ

अनि मरण सङ्गै अन्त्य हुन्छ

कहिले पराइको डर त कहिले आफ्नैको

कहिले छुत्ला कि भन्ने डर, कहिले छोड्ला कि भन्ने

बित्दै जाने समय सङ्गै अनेकौ प्रकारका डर

हट्दैन यो, छोड्दैन यस्ले

अनि मेटाएर पनि मेट्दैन यो

मरण सङ्गै जाने कस्तो हठी डर यो

 

कहिले आफ्नै सोच देखि त कहिले आफै देखि पनि

अनौठो छ यो डर, कहिले लाग्दैन एकनासले  पनि

भित्र मन देखि लाग्छ

बाहिर मुहारमा झल्किन्छ

दह्रो पारी हटाउन खोज्छु

र पनि मेटिदैन यो

कमजोर बनाउन खोज्छ, मायुस बनाउन खोज्छ

जन्म सङ्गै आउँछ, मरणमा बिलिन हुन्छ

रोकेर रोक्न नसकिने , आफै आउछ अनि आफै हराउछ

बसमा हुन्न कसैको,

भित्रबाट आउँछ मुहारमा देखाउछ

कस्तो अनौठो छ यो डर ।।।।।

: साहिल कायस्थ

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *