कबिताः सपना र बिपना

एउटा आवाजले कोट्याएको थियो

सुन्न खोजे अनेकौ प्रयासमा

मधुरो हुँदै गएछ, बिलिन हुँदै गएछ

सुन्न चाहेको त्यो शब्दहरुमा

 

सपनाहरुको बिचमा रुमलिएछु सायद

लक्ष्य सम्म पुग्न कठिन भयो

कमि थियो कसैको सायद

दुई पाइला अघि बड्न पनि मुस्किल भयो

 

फेरि बोलायो त्यो आवाजले, म दौडिन खोजिरहे

झस्किन थाले आफै देखि, आफै देखि टाढिरहे

 

बाहिर निस्किन चाहन्छु ती सपनाहरुबाट

जिउन चाहन्छु आफ्नै बिपनामा

एक्लै हुन्छु होला सायद

तर पनि बाच्ने छु म आफ्नै परिस्थितिमा

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *