काठमाडौं, साउन २२
सर्वोच्च अदालत अगाडि धर्ना दिन पुगेकी निहारिका राजपुतलाई प्रहरीले बसन्तपुर पु¥याएको छ। न्याय माग्दै अनशन बस्दै आएकी राजपुत आइतबार बिहान सर्वोच्च पुगेकी थिइन्। ‘निषेधित क्षेत्रमा गएको भन्दै त्यहाँबाट प्रहरीले हटाएको जानकारी दिए उनी सर्वोच्च अगाडिको सडकमा ब्यानरसहित अनशन बसेकी थिइन्।
आफूले न्याय नपाएको भन्दै उनी गत शुक्रबार सिंहदरबार क्षेत्रमा अनशन बस्न पुगेकी थिइन्।
रका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। बलात्कारपछि छोरा जन्मिएको उनको दाबी छ।
न्यायको लागि भौतारिरहँदा पनि आफूलाई गलत देखाएको भन्दै उनी निरन्तर अनशन बस्दै आएकी छिन्।