ट्र्याकटरबाट खसेर एक जना किशोरको मृत्यु

दाङ । ट्र्याकटरबाट खसेर दाङको लमही नगरपालिका–६ देउपुरमा एक जना किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको छ । उनी आज बिहान ६ बजे ट्र्याकटरबाट खसेका थिए।

गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याकटरसहित चालकलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीले अनुसन्धान थालेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *