साउन १२, काठमाडौ बागमती प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताको असर प्रदेशसभा बैठकमा देखा परेको छ । प्रतिनिधित्व गर्ने दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा त्यसको शिकार प्रदेशसभा हुन पुगेको छ ।
सरकारमा नेतृत्व प्राप्तिका लागि गठबन्धन दलहरुका बीच प्रतिस्पर्धा चल्दा प्रदेशको विकास र नीति निर्माणको कामसमेत प्रभावित बनेको छ भने प्रदेशसभाको बैठकले पनि गति लिन सकेको छैन ।
जसका कारण प्रदेशसभाले सही ढंगबाट काम गर्न सकेको छैन अधिवेशनका प्रत्यक बैठक प्रभावहीन बनेका छन ।
चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम समेत प्रतिपक्षीसँग सम्झौता गरेर सदनबाट पास गरेको थियो । प्रदेशसभा अधिवेशन अन्तर्गत ३३ वटा बैठक सञ्चालन भएको सचिवालयले जनाएको छ । सत्ताको खिचातानीले बसेको प्रदेशसभा बैठक पनि औपचारिकतामा सीमित बनेको छ ।
लामो समयदेखि सदनमा रहेको प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको दफावार विधेयक माथि छलफलपछि पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेशको अनुसन्धान ब्युरो सेवाको गठन कार्य सुरु गर्ने प्रक्रिया अघि बढाएको छ ।
बागमती प्रदेशसभा, अधिवेशनका बैठक प्रभावही
यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?