आज सेयर बजार नेप्से परिसूचक २५९७ अंक कायम

असार ३२ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५९७ अंक कायम भएको छ ।

आज सेयर बजार ४ अर्ब ५६ करोडको कारोबार भएको छ ।

बैंकिङ ०.६२ प्रतिशत, विकास बैंक ०.०८ प्रतिशत, लगानी ०.११ प्रतिशत, जीवन बीमा ०.२५ प्रतिशत, माइक्रोफाइनान्स १.२३ प्रतिशत, निर्जीवन बीमा १.११ प्रतिशत, अन्य ०.३१ प्रतिशत तथा व्यापार ०.३२ प्रतिशत बढ्यो ।

फस्र्ट माइक्रोफाइनान्सको १४.६७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको १४.३४ प्रतिशत, पियोर इनर्जीको १३.९७ प्रतिशत, माइखोला हाइड्रोपावरको १२.५२ प्रतिशत, सयपत्री हाइड्रोपावरको ८.५५ प्रतिशत मूल्य बढ्यो ।

उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, जलविद्युत् ०.३४ प्रतिशत, होटल तथा पर्यटा ०.०९ प्रतिशत र फाइनान्स समूह ०.६६ प्रतिशत घट्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७७ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.३५ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिडी पावर, आँखुखोला जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *