असार ३२ काठमाडौं ।
ढोरपाटन यतिबेला वनफूल कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले ढकमक्क सिँगारिएको छ ।
चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका यतिबेला फूलैफूलले सिँगारिएर मनमोहक देखिएको छ ।
बर्खायाममा निकै मनमोहक देखिने यस ठाँउमा फूलैफूलले ढाकिएको ढोरपाटनमा घुम्नका लागि दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ ।
ढोरपाटनमा वि. संं.२०७५ सम्म पर्यटकको आगमन न्यून घुम्न आउने भन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थी बाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन ।
पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार हुन थाले पछि ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थालेको जनाएका छन् ।
बर्खायाम लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दै गए पनि ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको स्थानीयले बताएका छन् ।
बर्खाको समयमा ढोरपाटन अरु बेला भन्दा बढी रमणीय देखिने हुँदा यस सिजनमा पर्यटक बढी आउने गरेको स्थानीयहरुले बताएका छन् ।
ढोरपाटनमा दैनिक २०० बढी पर्यटक भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिएका छन् ।
ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उनको बताएका छन् ।
स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ ।
देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन ढोरपाटन आउने गरेको बताएका छन् ।
