४असार,काठमाडौँ । आर्थिक संकट पछि राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि श्रीलंकामा आज चुनाव हुँदै छ । राष्ट्रपति पदका लागि हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रपति पदका लागि मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । जसका लागि बुधबार आज संसदमा मतदान हुँदैछ ।