साउन ७ काठमाडौं ।

ऋाणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने बीच अमेरिका र साउदी अरबबीच सम्झौता भएको छ।

अमेरिक र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जानकारी दिएको छ ।

अमेरिकी ऊर्जा विभागले गरेको उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै अमेरिकी कम्पनीहरूले साउदी अरेबियालाई आणविक प्रविधि उपलब्ध गराउने जनाएको छ ।

यो ऐतिहासिक सम्झौताले वासिङ्टन र रियाद बीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको जनाएको छ ।

सम्झौतामा सन् १९५४ को ‘एटोमिक इनर्जी एक्ट’ को धारा १२३ अन्तर्गत हुने ‘१२३ सम्झौता’ तथा त्यससँग सम्बन्धित द्विपक्षीय आणविक सुरक्षा सम्झौता समावेश गरेको ऊर्जा विभागले जनाउको छ ।

सम्झौताले अमेरिका र साउदी अरेयिब बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशमा समृद्धि प्रवद्र्धन गर्ने र विदेशमा रहेका हाम्रा साझेदारहरूको सुरक्षा सुदृढ गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ अमेरिकी ऊर्जा सचिव क्रिस राइटले विज्ञप्तिमा उल्लेख गरेका छन ।

सम्झौता अनुसार साउदी अरेबियालाई अमेरिका बाट आणविक इन्धन आयात गर्नुको सट्टा आफ्नै देशभित्र युरेनियम संवद्र्धन गर्न अनुमति दिइने अमेरिकाका केही सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो सम्झौताले अमेरिकामा रोजगारी सिर्जना गर्ने, विश्वव्यापी आणविक अप्रसार मापदण्डलाई सुदृढ बनाउने तथा रियादसँगको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने ट्रम्प प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *