प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
६०औँ इन्जिनियरस् दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।
त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी बिधेयक सदनमा रहेको र यहि अधिवेशनले पारित गर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी बेस्ट इन्नोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।
Post Views: 11