कथा एक जिवनको
सोच एक भावनाको
अनि मौन एक उदासिदो जिन्दगीको
लाग्छ क्षितिज पारी छ कोहि
उस्को मौनतालाई भङ्ग गर्ने
नपोखिएका शब्दहरु केलाउने
कोट्याई कोट्याई प्रश्नहरुको बर्सात गराउने
पर्खाइमा छ, उहीँ बाटोमा नजर गाडिएको छ
निशब्द छ, रुन खोज्छ कहिले काहीँ
सम्हालिदै, अनेकौ सोचहरुलाइ नजर अन्दाज गर्दै
बस्दैछ आफ्नै अडिकमा, आफ्नै दुनियामा
थाहा छ पूरा हुदैन
अधुरो जिन्दगी जिउनु पर्छ
र पनि अटल छ , जिद्दी पनि छ
अनि आफ्नै दुनियामा भुल्दैछ ।
कथा एक जिवनको
सोछ एक भावनाको
अनि मौन एक उदासिदो जिन्दगीको
कोस्दै छ, मार्दै छ, दबाउदै छ
मन
जुन छ आफ्नै भित्रको।।