राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरको दर्शन

भदौ १९ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका प्रथम महिला सबिता पौडेल सहित ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर राष्ट्रपति पौडेलले श्रीकृष्णको पूजाआराधना गरी पुजारी बाट प्रसाद ग्रहण गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसर पारेर हरेक वर्ष राष्ट्रप्रमुखद्वारा कृष्ण मन्दिरको दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई कृष्ण मन्दिर परिसरमा सांसद जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *