भदौ १५ काठमाडौं ।
पश्चिमी नाका गड्डाचौकी बाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी बाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको हो ।
पछिल्ला केही वर्षयता गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।
गत आर्थिक वर्षमा १ हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । भने रु.१ करोड ५ लाख १८ हजार ११९ राजस्व सङ्कलन भएको सूचना अध्यागमन कार्यालयका नवराज अधिकारी भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार १ हजार ५३४ पर्यटक यो नाका बाट बाहिरिएको जनाएका छन् । सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाका बाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरा लगायतका सहरमा जाने गरेको बताएका छन् ।
सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा आएका पर्यटक समेत अन्यत्र जाने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
विदेशी पर्यटक भित्रिने गड्डाचौकी नाका प्रमुख नाका हो । यहाँ बाट आउने पर्यटकलाई सुचना केन्द्र बाट सुदूरपश्चिम लगायत नेपालका पर्यटकीय गन्तव्यका बारे जानकारी दिनुपर्ने व्यवस्था हुनुपर्ने व्यवसायीले बताएका छन् ।
सुदूरपश्चिममा पर्यटनका सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास र प्रचारप्रसारको अभावका कारण पर्यटक अन्यत्र जाने गरेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले बताएका छन् ।
