२९ असार, काठमाडौ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन रहेको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ः ।।