२१,काठमाठौं । सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्न सुझाव दिएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।
सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्नुपर्ने उनीहरुको भनाई छ । बैठकमा माओवादीका केहि सांसदहरुले भने मुलुक सङ्घीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राखेका थिए । बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले ललितपुर र भक्तपुरको सुरक्षाको जिम्मा संघले राख्ने व्यवस्था उचित रहेको बताइन ।
उनले मुलुकको राजधानी काठमाडौ उपत्यका भएकाले सुरक्षा संवेदनशिलतालाई संघीयतासंग जोडेर प्रदेशको अधिकार खोसियो भन्न नमिल्ने धारणा उनको भनाइ छ । एमाले सांसद खगराज अधिकारीले विदेशी अपराधको सम्भावनालाई समेत ख्याल गरेर राजधानीको सुरक्षाको जिम्मा केन्द्रले जिम्मा लिनुपर्ने बताए ।