सामुदायिक वन उपभोक्ता महासंघले वन नियमावली जलाए

२१, कठमाडौ । सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् ।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले नियमावलीको प्रति जलाएका हुन् । उनीहरुले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरि आएको, सामूदायिक वन सातौ कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ समेत विपरितको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको बिषयमा महासंघले दिदै आएको सुझावको विपरित नियमावली आएको आरोप लगाए । संविधान बिपरित नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनको भनाइ छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *