साउन ९ काठमाडौं ।
आन्तरिक राजस्व कार्यालय विराटनगरद्धारा दश अर्ब बढी राजस्व सङ्कलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा रु १० अर्ब ३० करोड राजस्व सङ्कलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।
राजस्व कार्यलयका प्रमुख केशवप्रसाद उप्रेतीको अनुसरा सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.१ अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको जानकारी दिएका छन् ।
सङ्कलित राजस्वमा आयकर रु.४ अर्ब ७ करोड २५ लाख ४१ हजार, बहाल आयकर रु.८ करोड ८ लाख ५५ हजार, ब्याज कर रु. ३८ करोड १३ लाख १ हजार, मूल्य अभिवृद्धि कर रु.२ अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु.३ अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु. ८४ हजार र अन्य कर रु.५ करोड ८ लाख ३२ हजार रहेको जनाएको छ ।
कुल ६० हजार ६७५ करदाता आबद्ध रहेकामा जेन्जी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्य अनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको कार्यालयल प्रमुख उप्रेतीले बताएका छन् ।
