पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार विमानमा १९ यात्रु सवार थिए।
प्राधिकरणका अनुसार बिहान बिमान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने बिमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ।