विद्यालय जाँदै गरेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास

जेठ १२ खोटाङ । विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।

कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *