काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।