सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजनाः गृहमन्त्री बालकृष्ण खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७÷०७८ मा बेरुजु फस्र्यौट कार्यमा सर्वोकृष्ट÷उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लाग्नुभएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताउनुभएको हो ।

उहाले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताउनुभयो । बेरुजु फछ्यौटमा गम्भीर हुन र बजेटलाई नियमसंगत खर्च गर्न थप मेहनत गर्नुपर्ने उहाको भनाई छ ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *