काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित सहिदपार्क जगडोलको सामुदायिक जंगलमा मृत शरिर फेला परेको छ । फेला पर्नेमा काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई रहेको प्रह्री जनाएको छ । उनको शव हिजो साँझ सो जंगलमा फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन बिभाग महाराजगंजमा पठाईएको छ । घटनाबारे महानगरीय प्रहरी बृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्दै आएकी थिइन् ।
Post Views: 41