राष्ट्रिय खेलकुद परिषद(राखेपा) का पूर्व सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन राखेपा सदस्य सचिव सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ भने टंकलाल घिसिङलाई काम गर्न बाटो खुलेको छ ।।
सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् ।
राखेपका पूर्व सदस्य सचिव रमेश सिलवालको रिट सर्वोच्चद्वारा खारेज
यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?