ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट,तपाईलाई पर्यो कि परेन,धेरैको हात खालि

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको साधारण सेयर ९आईपीओ आज आइतवार बिहान बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा भएको बाँडफाँट भएको हो । उक्त बाँडफाँडबाट २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका छन् ।

विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ ।

योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकहरुमध्यबाट पनि १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ ।

कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *