भदौ २२ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५६० अंक कायम भएको छ ।
आज ३ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ ।
आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.०५ प्रतिशत, पियोर इनर्जीको १५ प्रतिशत, गणपति लघुवित्तको ७.३५ प्रतिशत, श्रीनगर एग्रिटेकको ६.२६ प्रतिशत, कालिका लघुवित्तको ६.२२ प्रतिशत र सागर डिस्टिलरीको ६.२० प्रतिशत बढ्यो ।
रावा इनर्जीको ५.३२ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.२४ प्रतिशत, एसवाई प्यानलको ४.९२ प्रतिशत, बैंकिङ १.१५ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत र जलविद्युत् ०.५१ प्रतिशत बढ्यो ।
लगानी ०.०४ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२४ प्रतिशत, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशत बढ्यो ।
अपर लोहोरेखोलाको १३.३३ प्रतिशत, आशा लघुवित्तको ७.३९ प्रतिशत, व्यापार ०.०९ प्रतिशत, फाइनान्स ०.४३ प्रतिशत र इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो ।