विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि बिहिबार नेपाल आउँदै छन् ।

महानिर्देशक डा. टेड्रोसले वैशाख ८ देखि १० गतेसम्म भ्रमणको गर्नेछन् । भ्रमणका क्रममा डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *