अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
पाणिनी गाउँपालिका–८ को अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्बरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
Post Views: 8