एजेन्सी । चिनियाँ वायुसेनाले विभिन्न प्रकारका लडाकु विमानद्वारा ५ हजार किलोमिटरभन्दा बढी दुरीसम्म २० घण्टा अभ्यास गरेको छ।
चीनको सरकार सञ्चालित टेलिभिजन सीसीटीभीले जनाएअनुसार मध्य चीनको हवाई अड्डाबाट जे ११ बी र जे ११ बीएस सहितका लडाकु विमान उडेर हजारौँ किलोमिटर टाढा ‘अपरिचित क्षेत्र’ तर्फ लागेका थिए ।
यो अभ्यासले विमानचालकको युद्ध कौशल तिखार्न मद्दत गरेको जनाइएको छ ।
चिनियाँ वायुसेनाद्वारा युद्ध अभ्यास
यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?