सुशील कोइरालाको सातौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

२६,माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । उनले संविधान निर्माणको अगुवाइसमेत गरेका थिए। नेपाली राजनीतिमा निष्ठावान् र सादगी नेताको रूपमा चिनिएका छन्।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाप्रति श्रद्धा व्यक्त गरेका छन्। कोइरालाले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका आफूहरूका लागि प्रेरणादायी हुने देउवाको भनाइ छ ।

कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *