सिन्धुली। भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ परेका छन् । सिन्धुलीको बर्दिवासबाट धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार खुर्कोटमा खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
कार्कीले चलाएको ‘चेतनभ्लग’ लेखिएको बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा उनले लगाएको ट्र्याकसुटको खल्तीमा ४ दशमलव १३० ग्राम खैरो हेरोइन बरामद भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।
Post Views: 7