साउन १५ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६८५ अंक कायम भएको छ ।
आज ३ अर्ब ७५ करोडको सेयर कारोबार भएको छ ।
एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, जोशी हाइड्रोपावरको ६.७९ प्रतिशत, अपर लोहोरेखोलाको ६.४४ प्रतिशत, युनिभर्सल पावरको ४.३२ प्रतिशत तथा विकास हाइड्रोपावरको ३.६८ प्रतिशत मूल्य बढ्यो ।
बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.४८ प्रतिशत, जलविद्युत् ०.६९ प्रतिशत र लगानी ०.२३ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशत, माइक्रोफाइनान्स ०.२४ प्रतिशत तथा अन्य समूह ०.९३ प्रतिशत बढ्यो ।
निर्जीवन बीमा ०.१६ प्रतिशत, व्यापार समूह ०.०७ प्रतिशत, बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत, कालिन्चोक हाइड्रोपावरको ३.५५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत मूल्य घट्यो ।
Post Views: 2
