साउन १३ काठमाडौं ।
राष्ट्रपति रामचद्र पौडेल भेट्न रास्वपा सभापति लामिछाने शीतल निवासमा पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति रामचद्र पौडेल र रवि लामिछाने बीच भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको जनाएको छ ।
राष्ट्रपतिको सचिवालयको अनुसार समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था बारे छलफल भएको जनाएका छन् ।
आजै सभापति लामिछानेको आह्वानमा सुनसरी घटनाबारे सर्वदलीय बैठक गरेर ९ दलले ७ बुँदे अपिल समेत जारी गरेको छ ।
सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ ।
Post Views: 4
