साउन १२ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २६९६ अंक कायम भएको छ ।
आज ४ अर्ब ४२ करोडको सेयर कारोबार भएको छ ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ४.३९ प्रतिशत, सिर्जनशील लघुवित्तको २.९९ प्रतिशत र सानीगढ हाइड्रोको २.८८ प्रतिशत मूल्य बढ्यो ।
फाइनान्स ०.०६ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, व्यापार ०.७४ प्रतिशत र जलविद्युत् ०.१५ प्रतिशत बढ्यो ।
बैंकिङ ०.०७ प्रतिशत, विकास बैंक ०.१९ प्रतिशत, लगानी ०.७९ प्रतिशत, जीवन बीमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत र माइक्रोफाइनान्स ०.१३ प्रतिशत घट्यो ।
निर्जीवन बीमा ०.२४ प्रतिशत तथा अन्य ०.८० प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ६.०७ प्रतिशत, धौलागिरि लघुवित्तको ३.४२ प्रतिशत र पन्चकन्या माइ हाइड्रोपावरको २.७५ प्रतिशत मूल्य घट्यो ।
Post Views: 19
