चालु आर्थिक वर्षको ११ महिनाम ३८ अर्ब बढीको खाद्यन्न आयात

असार ८ काठमाडौं ।
चालु आर्थिक वर्षको ११ महिनामा ३८ अर्ब बढीको खाद्यन्न आयात भएको छ ।

नेपालले चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउन देखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको जनाएको छ ।

गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो ।

गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ ।

तथ्यांक अनुसार बासमती चामल आयात गत वर्ष ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ (६६ हजार ३ सय ९७ टन) बाट वृद्धि भई चालु आव ७ अर्ब ८६ करोड ३१ लाख (६७ हजार ६ सय ६७ टन) पुगेको छ ।

त्यस्तै अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख (१ लाख ५६ हजार २ सय ६१ टन) रहेकोमा यस वर्ष बढेर ११ अर्ब ८ करोड ८४ लाख (१ लाख ७१ हजार ५४ टन) पुगेको जनाएको छ । यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेश बाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ ।

यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ । गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको जनाएको छ ।

गत आर्थिक वर्षको ११ महिनामा यी वस्तु आयात बाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *